अब फेरि मौनताको होइन, चेतनाको वर्ष बनोस – २०८२ !

नयाँ वर्ष - यी दुई शब्द उच्चारण गर्दा मात्रै पनि मन हर्षित हुन्छ। यी दुई शब्द केवल पात्रोको पाना फेरिएको संकेत मात्रै होइनन् यी त नयाँ उत्साह, नयाँ ऊर्जा, नयाँ आकांक्षा र आत्मसमीक्षा का सूचक हुन् ।  

बितेको वर्षले सधै हामीलाई धेरै कुरा सिकाउछ, कहिले रूहाउछ त कहिले हसाउछ | 

तर जब नयाँ वर्ष ढोकामा आइपुग्छ, हामी फेरि एकचोटि “अब चाहिँ केही गरौँला, केही फेरौँला” भन्ने संकल्प गर्छौँ। तर के त्यो संकल्पले हाम्रो जीवनमा सार्थकता पाएको छ त?

मलाई लाग्छ कदापी छैन ,हामी कुरा गर्नमा त माहिर छौँ तर पूरा गर्नमा कमजोर।
हामी सोच बनाउँछौँ, तर त्यसलाई व्यवहारमा उतार्न डराउँछौँ। र यो कमजोरी केवल व्यक्तिगत होइन, यो अझ बढी हाम्रा देश का नेता हरुमा देखिन्छ !

हाम्रा नेताहरूका योजनाहरू कागजको पानामा मात्र सीमित छन्। देशको अवस्था दिनप्रतिदिन प्रतिकुल बनिरहेको छ, तर उनीहरुमा जिम्मेवारी लिने साहस र असल नेतृत्व जस्ता गुण आज पनि हराइरहेका छन। एती हुदा पनि हामी मौन छौं। त्यसैले त उनीहरू लुटिरहेका छन् , देश टुटिरहेको छ!

तर अब नया वर्ष २०८२ मा एस्तो नहोस् भन्ने आशा लिएको छु। मैले ईश्वरसँग पनि यही प्रार्थना गरेको छु, “अब फेरि झूटको जीत नहोस्। अब फेरि हामी नेपाली जनता को मौनता र सहनशीलताको दुरुपयोग नहोस्।”

अब आउने वर्ष सारा नेपालीका लागि अधिकार र अवसरको, शान्ति र सम्भावनाको वर्ष बनोस्। दुःखले होइन, आशाले लेखिएका दिनहरू आऊन्। हरेक नेपालीको मनमा राष्ट्रप्रेमको उज्यालो  छाओस्। राष्ट्रप्रति को उत्तरदायित्व केवल शब्दमा होइन, कर्ममा, चरित्रमा र चेतनामा प्रकट होस्। सँधै सँधै नेपाली हौ भनी शीर ठाडो पारी बाँच्न पाइयोस। यहि छ मेरो नयाँ बर्ष २०८२ को मंगलमय शुभकामना !

Author:

Lovedev Sharma
Undergraduate Student
BA (English Studies) & B.Ed. (TESOL)
Kathmandu University, School of Education

📧 Emaill@lovedev.com.np | lovedevsharma477@gmail.com
📞 Mobile: +977-9840629598
🌐 Websitewww.lovedev.com.np

"Man is made by his belief. As he believes, so he is." – Shree Krishna


#नयाँवर्ष२०८२ #शुभकामना  #राष्ट्रप्रेम #Nepal2025 #NewYearReflections #NepaliThoughts


 

Post a Comment

Previous Post Next Post