अनि एकदिन मैले सोचें अब उत्तर पाईसकेपछी यत्तिकै बसेर त भएन , अब चै महादेवलाई भेट्न जानुपर्छ। तर, मनमा एउटा डर थियो कि कतै मलाई प्रश्न गर्ने भन्दै उहाँ रिसाउनु पो भयो कि ? तर फेरि सोचें, "उहाँकै सन्तान हुँ, के डराउनु? जे पर्ला पर्ला , एकपटक गई हेर्छु " यही सोचेर म उहाँ लाई भेट्न गए । संज्योगले त्यो दिन मेरो जन्मदिन परेको थियो। जीवनको नयाँ वर्षको सुरुवात। मैले त्यो दिनलाई विशेष बनाउन चाहन्थेँ। र, महादेवलाई भेट्न जाने निर्णयलाई त्यो दिनसँग जुराउन पाउँदा एक प्रकारको खुसी र उत्साह त छदै थियो।
त्यसपछी म महादेवको दर्शनका लागि भनेर पशुपतिनाथ गए , उहाँको नजिक पुगेँ। मनमा छटपटाहट संगसंगै म उहाँ सम्मुख उभिएको थिए । अनि उहाँ मसँग केही नभनी, केवल मुस्कुराउँदै मलाई आलिंगन दिन पर्खेर बसेको जस्तो आभाष भयो । उहाँको आँखामा अनन्त शान्ति थियो। त्यो परम शान्ति लाई मैले पनि महसुस गरिरहेको थिए । उहाँको सामु पुग्नासाथ मेरो मनका सबै भावनाहरू आँसुका रूपमा पोखिए। मैले भक्कानिँदै माफी मागेँ। आफ्नो अहंकार, त्रुटि र मूर्खताका कारण म बाट हुनगएका सम्पूर्ण गल्तिहरुको आज प्रथम पटक उहाँसँग क्षमा याचना गरें। केहि बेर को याचना पछी उहाँले मलाई शान्त स्वरमा "माफ गरें। अब आनन्दका साथ जाऊ।" भनेझैँ लग्यो र उहाँका ती शब्दहरूले मेरो हृदयलाई हलुङ्गो मात्र बनाइदिएन, बरु जीवनलाई नै एक नयाँ दृस्टीकोण दिए।
आफु जन्मेको दिन, अनि महादेवको माफी र उहाँको सामु पुगेर गरेको आत्मस्वीकृतिले मेरो जीवनलाई नयाँ दिशा दिएको थियो । तर, त्यस दिनको अर्को कुरा अझ गहिरो थियो ‘एक रहस्य’, जसलाई म शब्दमा ब्याख्या गर्नै सक्दिन । उहाँसँगको त्यो भेटपछि मेरो मनमा एउटा अनौठो कुरा अनुभव हुन थाल्यो। जस्तै कसैले मलाई जन्मौं जन्म देखि पुराकिराको होस् । अनि जीवनका साना साना घटनाहरूमा पनि एउटा अप्रत्यक्ष संकेत पाएजस्तो लाग्थ्यो। मानौं, उहाँले मलाई कुनै दूर स्थानमा पुकारिरहनुभएको छ। तर त्यो स्थान कहाँ हो? त्यो उत्तर स्पष्ट रूपमा अझै थाहा पाउन सकेको छैन ।
तर, यो भित्रभित्रै महसुस भइरहेको थियो कि त्यो कुनै साधारण स्थान होइन। त्यो एक यस्तो ठाउँ हो, जहाँ केवल ती मात्रै पुग्छन्, जसले आफूलाई भित्री रूपमा चिन्न सकेका हुन्छन्। जसले सुन्य संग साक्षातकार गरेका हुन्छन । आज पनि यो संकेत मेरो मनमा गहिरो रूपमा बसेको छ। यो संकेतले मेरो जीवनलाई थप रहस्यमय बनाएको छ। तर, एउटा कुरा मैले बुझे ‘महादेवले सधैं हामीलाई मार्गदर्शन गरिरहनु हुन्छ, तर त्यो मार्ग देख्न हामीलाई केवल आत्मबोध र पूर्ण समर्पणको आवश्यकता पर्छ’। म यो संकेतलाई शब्दमा प्रकट गर्न सक्दिनँ। तर, यसले मेरो मनमा एउटा अनन्त यात्रा सुरु गरिदिएको छ। महादेवले मलाई देखाउन चाहनुभएको सत्यलाई महसुस गर्ने यो यात्रा मेरो लागि अझै रहस्यपूर्ण छ। तर, मलाई थाहा छ कि उहाँले मलाई जुन बाटो देखाउनु भाको छ एकदमै ठिक देखाउनु भाको छ।
महादेवप्रति मेरो अनन्त आभार छ, जसले मेरो जन्मदिनलाई एउटा साधारण उत्सवबाट एउटा आध्यात्मिक सुरुवातमा बदलिदिनुभयो। ‘यो संकेत, यो अनुभव र यो यात्रा’ सबै उहाँकै आशीर्वाद हो।
हर हर महदेव !
Author:
Lovedev Sharma
Undergraduate Student
BA (English Studies) & B.Ed. (TESOL)
Kathmandu University, School of Education
📧 Email: l@lovedev.com.np | lovedevsharma477@gmail.com
📞 Mobile: +977-9840629598
🌐 Website: www.lovedev.com.np
"Man is made by his belief. As he believes, so he is." – Shree Krishna
Vanne kunai Sabdha chhaina
बोध ब्यक्त गर्न सक्नु नै ठुलो कुरा हो ✨🕉